भ्यान खाल्डोमा खस्दा २४ को मृत्यु — OSNepal

भ्यान खाल्डोमा खस्दा २४ को मृत्यु

LC (KTM) June 08, 2023 0

काबुल, २५ जेठ । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरवाहीका कारण भ्यान सडकबाट खसेको बताए।

‘चालकको लापरवाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।

दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर