निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा रणवीर र आलिया राम - सीता बन्दै — OSNepal

निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा रणवीर र आलिया राम – सीता बन्दै

LC (KTM) June 08, 2023 0

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने भएका छन् ।  यसअघि यो फिल्ममा सीताको चरित्रमा साउथ अभिनेत्री सई पल्लवीको नाम चर्चामा थियो । तर, अब यो चरित्रमा भने आलिया फाइनल भएकी छन् ।

फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन् । निर्माताले आगामी डिसेम्बर २०२३ सम्ममा सुटिङ सुरु हुनेछ । आगामी दीपावलीमा फिल्मको घोषणा हुने निर्माण पक्षले जनाएको छ । केही साताअघि मात्र अभिनेता रणवीरले फिल्मको प्रगतिको बारेमा बुझ्न डीएनईजीको कार्यालय पुगेका थिए ।

फिल्मको प्रि(भिजुअलाइजेसनको काम पूरा भइसकेको छ । अहिले निर्माण टिमले रणवीरको रामको भूमिकाका लागि लुक टेस्ट गरिरहेको छ । रामको भूमिका लागि लुक्स फाइनल भएपछि उनी फिजिकल ट्रान्सफर्मेसनमा व्यस्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर