‘बजेटमा छुटेका विषय पनि सम्बोधन होस्’ — OSNepal

‘बजेटमा छुटेका विषय पनि सम्बोधन होस्’

LC (KTM) June 08, 2023 0

-काठमाडौँराष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम जारी छ । सभाको आजको बैठकमा सांसद इन्दिरादेवी गौतम, तारामान स्वाँर, सुमित्रा विसी र राधेश्याम पासवानले समग्रमा बजेटमा राम्रा विषयवस्तु समेटिए पनि कतिपय विषय छुटेकाले बैठकमा उठाइएका विषयलाई समेट्न आग्रह गर्नुभयो ।

सांसदहरू सुरेशकुमार आलेमगरले बजेटमाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी होइन देशलाई समृद्ध बनाउने सोचबाट अघि बढ्नुपर्ने बताउनुभयो । सांसद सोनाम ग्याल्जेन शेर्पाले देशको अर्थतन्त्रलाई चलायमान बनाउन योजनाबद्ध कार्यक्रम चाहिने खाँचो औँल्याउनुभयो ।

त्यस्तै सांसद गङ्गाकुमारी बेलबासेले समय सान्दर्भिक बजेटले अहिलेको आर्थिक सङ्कटलाई समाधान गरेर मुलुकलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजेर ३१ मिनेटमा बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर