हल्दिवारीमा ४ सय जना कोरोनाबाट संक्रमीत हुँदा ९ जनाको ज्यान गयो — OSNepal

हल्दिवारीमा ४ सय जना कोरोनाबाट संक्रमीत हुँदा ९ जनाको ज्यान गयो

LC (KTM) July 18, 2021 0

झापाको हल्दिवारि गाउँपालिकामा कोभिड -१९ को दोस्रो भेरियन सुरुभए यता साउन २ गतेसम्म ४ सय जना कोरोनाबाट संक्रमीत भएका छ्न ।हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड – १९ फोकल पर्सन पुष्कर निरौलाले दिएको जानकारी अनुसार सोही अवधिमा कोरोना संक्रमणको कारण ९ जनाको ज्यान समेत गएको छ ।

उनका अनुसार ३६६ जना निको भएका छ्न भने २५ जना सक्रिय संक्रमितहरु विभिन्न अस्पताल ,गाउँपालिकाको आइसोलेसन केन्द्र र होम आइसोलेसनमा उपचाररत रहेका छ्न ।
स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार कोभिडको दोस्रो लहर सुरुभए यता स्वास्थ्य शाखाले ४१९ जनाको पिसिआर टेस्ट गरेको छ भने ५९७ जनाको एन्टिजिन टेस्ट गरेको गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर