रोकीएको 'द कपिल शर्मा शो' प्रशारण हुदै — OSNepal

रोकीएको ‘द कपिल शर्मा शो’ प्रशारण हुदै

LC (KTM) July 18, 2021 0

कपिल शर्माका फ्यानहरुका लागि खुशीको खबर आएको छ । द कपिल शर्मा शो ले सधै आफ्ना दर्शकहरुका लागि भरपुर मनोरञ्जन दिदै आएको छ । साथै सधै मुस्कुराउने कारण बन्न सकेको छ । यो शो यस बर्षको सुरुवातमा बन्द भएको थियो ।

कपिल शर्मा आफैले ब्रेक लिने फैसला गरेका थिए । एक अन्र्तबार्ताको दौरानमा उनले भनेका थिए– मलाई आफ्नो दोस्रो बच्चाको स्वागत गर्नका लागि आफ्नो पत्नी संग घरमा रहन जरुरी रहेको छ । कमेडियन कपिल र उनकी पत्नी गिन्नीले यस बर्षको शुरुवातमा एक बेबी ब्वाई त्रिशानलाई स्वागत गरिसकेका छन् ।

जब उनले शो बाट ब्रेक लिएका थिए तब फ्यानको मन दुखेको थियो । तर अब फ्यानहरुका लागि खुशीको खबर आएको छ । शो अब पर्दामा चाँडै नै वापस आउन लागिरहेको छ । भारतीय संचारमाध्यमका अनुसार कपिल शर्माको यो शो २१ हगष्टमा प्रशारण गरिनेछ । अब कपीलको टिम चाँडै शो को शुटिंगमा जोडिने बताइएको छ । पछिल्लो समय पारश्रमिकका बिषयमा बिबाद भईरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर