कपालमा चाया पर्‍यो नलगाउनुहोस् तेल, यस्तो छ हटाउने तरिका — OSNepal

कपालमा चाया पर्‍यो नलगाउनुहोस् तेल, यस्तो छ हटाउने तरिका

LC (KTM) July 18, 2021 0

काठमाडौं । तेललाई कपाल झर्नेदेखि लिएर कपालका विभिन्न समस्याहरुको समाधान हुने पदार्थको रुपमा लिइन्छ । कपाल सुख्खा भयो या तालु चिलायो भने पनि कतिले कपालमा तेल लगाउने गर्छन् । यसरी कपाललाई ओसिलो बनाउन तेल लागाइने गरे पनि डाक्टरहरुले भने तेलले मानिसको टाउकोको तालुमा एउटा तह बनाउने र त्यो छालामा प्राकृतिक रुपमा ओसिलो बनाउनबाट रोक्ने बताउँछन् । यसले तालुमा पत्रहरु बनाउने र त्यहाँको छालामा भएका स–साना प्वालहरुलाई बन्द गरेर चाँया पार्छ ।

अझ पहिलेनै चाँया भएको कपालमा तेल लगायो भने यसले कपाल झार्ने समस्या देखापर्छ । कपालमा धेरै समयसम्म तेल राखिराख्यो भने यसले कपालको चमकलाई पनि असर गर्ने डाक्टरहरु बताउँछन् । त्यसैले चाँयाको समस्या भएका मानिसहरुले सकेसम्म तेल नलगाउनुनै बेस हुन्छ ।

कसरी हटाउने चाया ?
नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपचिप हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।

नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।

कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर