देवर भाउजुले २ बर्षदेखिको प्रेमलाई बिवाहमा परिनत गरे, दाजुले घर छाडेर गए



अचम्म अचम्मका घटनाहरु बेला बखत भैरहन्छन् । अझ यस्त अनौठा घटाहरु प्रायः छिमेकी देश भारतमा हुने गरेका छन् । भारतको बिहार राज्यको भागलपुरमा एक महिलाले आफ्नै श्रीमानका भाई अर्थात देवरसँग बिवाह गरेकी छिन् ।

३० वर्षका पवन गोस्वामी र प्रियंका गोस्वामीले २ बर्ष अघि बिवाह गरेका थिए । र, उनीहरुको १ छोरी समेत छन् । तर, देवर साजन गोस्वामी र भाउजु प्रेम सम्बन्ध रहेको थाहा पाएपछि परिवारको सहमतीमै उनीहरुले बिवाह गरेका छन् ।

बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरुलाई सुम्पिदिएका छन् । बिहेपछि आमाले पनि छोरीलाई अब अंकललाई बाबा भन्नु भनेर सिकाएकी छिन् । एजेन्सी।

Comment