एक्कासी किन सांसद पदबाट राजीनामा दिने मोडमा पुगे एमाले नेता भीम रावल ? — OSNepal

एक्कासी किन सांसद पदबाट राजीनामा दिने मोडमा पुगे एमाले नेता भीम रावल ?

LC (KTM) July 18, 2021 0

काठमाडौं । नेकपा एमालेका सांसद् भीम रावलले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयमा असन्तुष्टि जनाएका छन् । नेता रावलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माधव नेपाल समुहको निर्णयका कारण असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गर्दै नेता रावलले संसद पदबाट राजीनामा दिन लागेका उनका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।

यो पनि : देउवालाई एमालेबाट २३ मात्रै नभई ३५ जनाभन्दा बढी एमाले सांसदले मत खस्ने संभावना ! : नेकपा एमालेको माधव समुह बाहेकका २३ जना सांसदहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत पर्ने संभावना बढेर गएको छ । नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत देउवालाई खस्ने दाबी गरेसँगै देउवा झनै बलियो हुने भएका छन् ।

नेकपा एमालेले देउवालाई विश्वासको मत दिनेहरू एमाले हुन नसक्ने बताइरहेका बेला सांसद चौधरी एमालेकै ओली पक्षका सांसदहरूले समेत देउवालाई विश्वासको मत दिने दाबी गरेका हुन् । प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिन लागेको बेला राजनीतिक माहोल तातिरहेका बेला सांसद चौधरीले दिएको अभिब्यक्तिले एमालेमा पनि तरंग उत्पन्न भएको छ ।

त्यस्तै एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु एमालेका २३ जना सांसदको कर्तव्य भएको उल्लेख गरेकी छिन् । झाँक्रीले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन् अदालतले परमादेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो ।

झाँक्रीले एमालेले संस्थागत निर्णय गरेर देउवालाई विश्वासको मत दिनुपर्ने पनि लेखेकी छन् । सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर