एकछिन एकछिन, नगर्नु है मलाई भन्दै रावलले पाण्डेको हात झट्काडेपछि... — OSNepal

एकछिन एकछिन, नगर्नु है मलाई भन्दै रावलले पाण्डेको हात झट्काडेपछि…

LC (KTM) July 18, 2021 0

काठमाडौं ३ साउन । वरिष्ठ नेता माधव नेपाल समुह नेता भीम रावललाई राजीनामा दिनबाट रोक्न असफल भएका छन् । आज संसद भवनमा आफुले राजीनामा दिएको भन्दै राजीनामा पत्त पढेर सुनाएका थिए ।

राजीनामा पत्र सुनाउँदै गर्दा अर्का नेता सुरेन्द्र पाण्डेले राजीनामा नदिन आग्रह गर्दै हात समाएका थिए । तर, रावल हात झट्कार्दै एकछिन एकछिन, नगर्नु है मलाई प्लिज, प्लिज । पत्रकारलाई कुरा गर्न दिनुस् भन्दै झोक्किएका थिए । पाण्डेले हतासमा यस्तो निणर्य नदिन आग्रह गर्दा नेता रावलले राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चित भविष्यतर्फ धकेल्ने काम भएको भन्दै नेपाल र नेपालीहरुको शिर निहुरिएको बताएका थिए ।

सत्ता र निहित स्वार्थका लागि विधि र प्रक्रिया मिच्दै निरंकुश, अनैतिक र घृणित चरित्र प्रदर्शनलाई आफुले रोक्न प्रयास गर्दा गर्दै पनि असफल भएको बताएका रावलले चने , सत्ता देशभक्त, सच्चा नेपालीको मन रुने काम भइरहेको छ । देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यसबाट अगल हुनु श्रेयस्कर हुने भएकाले आफुले राजीनामा दिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर