ज्ञवालीले देउवामाथि टिप्पणी गर्दै भने, पहिला श्री ५ बाट प्रधानमन्त्री, अहिले श्रीमान ५ बाट प्रधानमन्त्रीमा नियुक्त — OSNepal

ज्ञवालीले देउवामाथि टिप्पणी गर्दै भने, पहिला श्री ५ बाट प्रधानमन्त्री, अहिले श्रीमान ५ बाट प्रधानमन्त्रीमा नियुक्त

LC (KTM) July 18, 2021 0

काठमाडौँ ३ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।

आज विश्वासको मत मागेका देउवालाई ज्ञवालीले यस्तो भनी टिप्पणी गरेका हुन् । यसअघि २०६१ सालमा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्चको ५ न्यायाधीशको परमादेशबाट प्रधानमन्त्री भएको बताएका हुन् । सर्वोच्चबाट दोस्रो पटक पुनस्थापित संसद बैठकमा देउवाले विश्वासको मत मागेका हुन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर