पुनंस्थापित प्रतिनिधिसभामा गर्जिदै प्रचण्डले भने ओलीका गोहीका आँशु देखेर अब कसैले बिचरा भन्नेवाला छैनन् — OSNepal

पुनंस्थापित प्रतिनिधिसभामा गर्जिदै प्रचण्डले भने ओलीका गोहीका आँशु देखेर अब कसैले बिचरा भन्नेवाला छैनन्

LC (KTM) July 18, 2021 0

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वतमान प्रधानमन्त्री केपी ओलीले उल्टो पाल्टो काम मात्रै गरेर साडे ३ वर्ष बिताएको आरोप लगाएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्दैं प्रचण्ड ओली विरुद्ध खरो रुपमा उत्रिए । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा प्रचण्डले केपी ओलीले भ्रष्टाचार पनि गर्दिन र हुन पनि दिन्न भन्नुको लुकामारी सारा नेपालीले नजिकबाट बुझेको भन्दा प्रतिनिधिसभाको हलमा ताली गुञ्जियो ।

संविधानको धारा ७६ को उपधारा ५ लाई दोष देखाउँदै ओलीले अहिले रुँदै हिँडेको समेत प्रचण्डले आरोप लगाए । उनले बेला घर्कीसकेको र अहिले ओलीका गोहीका आँशु देखेर कसैले बिचरा नभन्ने अवस्थामा पुगेको समेत भन्न पछि परेनन् । सो अवसरमा बोल्दै प्रचण्डले निर्वतमान प्रधानमन्त्री केपी ओलीले पटक पटक संसद विघटन गर्नुलाई र्दुभाग्यको संज्ञा दिए ।

२ तिहाई बहुमतका प्रधानमन्त्री ओलीले आफ्नो बहुमत हुँदा हुँदै रुँदै हिँडेर पटक पटक संसद विघटन गरेर मनपरी लाद्न खोज्नु जस्तो घिनलाग्दो दृश्यकाबिच सर्वोच्चले जनताको संविधान जोगाएको भन्दै सर्वोच्चको फैसलाको चर्चा गरे । तर प्रचण्डले पटक पटक कुरा घुमाएर ओलीलाई प्रहार गरिरहे ।

त्यसअघि नेपाली काँग्रेसका प्रभावशाली नेता डाक्टर मिनेन्द्र रिजालले निर्वतमान प्रधानमन्त्री ओलीलाई अहंकारी नेताको आरोप लगाए । केपी ओलीले संविधानलाई मिचेर एकलौटी शासन लाद्न खोजेको भन्दै संविधानको ७५ को धारा ५ ला बिर्सेर हिँडेकै कारण आजको दुर्गती आएको बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्दैं नेता रिजालले ओलदीले देशलाई नै अप्ठ्यारोमा पार्ने काम गरेको आरोप लगाए ।

ओली सरकार एकपछि एक गर्दै भ्रस्ट बन्दै गएका कारण प्रचण्ड, माधव नेपाल र देउवाहरु एकै स्थानमा उभिनुको विकल्प नभएका कारण आजको समिकरण देखापरेको बताए । नेता रिजालले ओलीलाई सल्लाह दिँदै अझै पनि सच्चिन सकिने भन्दै सच्चिनका लागि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर