केटी जिस्काएको निहुँमा करिनाका पति सैफ अलि खान माथि कुटपिट , मुक्का खाएपछि भागेर यसरी ज्यान जोगाए — OSNepal

केटी जिस्काएको निहुँमा करिनाका पति सैफ अलि खान माथि कुटपिट , मुक्का खाएपछि भागेर यसरी ज्यान जोगाए

LC (KTM) July 18, 2021 0

बलिउड अभिनेता सैफ अलि खान सुन्दर हिरोहरुको गन्तीमा आउने गरेका छन् । उनको सुन्दरता देखेर उनका फ्यानहरु एकदमै मोहित हुने गरेका छन् । उनलाई आफ्नै सुन्दरता कहिले काही घाँडो समेत बनेको छ ।

आफ्ना क्रेजी फ्यानहरुका कारण सैफ कतिपय ठाउँमा अनसेफ समेत भएका छन् । बिशेष गरि केटीहरु उनी प्रति आकर्षित हुने गरेका छन् । एकजना क्रेजी केटी फ्यानका कारण सैफको उक्त केटीको ब्वाइफ्रेण्ड संग झगडा समेत परेको छ । सैफ अली खानको एउटा पुरानो भिडियो यतिबेला भाईरल भएको छ ।

जुन भिडियोमा सैफ दिल्लीको एक नाइट क्लबमा एक केटी फ्यानको ब्वाइफ्रेण्ड संग भिडेका थिए । सैफ आफ्नो फिल्म मै खिलाडी तु अनाडीको प्रिमियरको दौरानमा दिल्ली पुगेका थिए । सो बेला शिल्पा शेट्टी, अक्षयकुमार र राजेश्वरी संगै सैफ पनि एक अन्र्तबार्तामा देखिएका थिए । जहाँ सैफले टाउकोमा ब्याण्डेज बाँधेका थिए । त्यतिबेला उनले सामान्य झगडा भएको भनेर कुरा टारिदिएका थिए ।

तर अहिले यसका बारेमा नेहा धुपिया संगको अन्र्तबार्तामा सैफले साँचो कुराको राज खुलाएका छन् । उनले नाइट क्लबमा एकजना केटी फ्यानले डान्सका लागि अनुरोध गरेको शैफले अस्विकार गरेका थिए । त्यसलगत्तै उसको ब्वाईफ्रेण्ड आएर नाँच्न रिक्वेष्ट गर्दा आफुले नमानेपछि उसले एक मुक्का हानेको र आफु वासरुम तिर आफ्नो बगिरहेको रगत पुछ्न गएको बताए । त्यहा पनि उसले साबुन राख्ने स्ट्याण्डले हिर्काउन खोजेको उनले खुलासा गरेका छन् । त्यहा बाट आफु नभागेको भए ज्यान जाने स्थिती रहेको सैफले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर