करोडौको मालिक थिए सुशान्त सिंह राजपुत , चन्द्रमामा समेत जमिन खरीद गरेका थिए — OSNepal

करोडौको मालिक थिए सुशान्त सिंह राजपुत , चन्द्रमामा समेत जमिन खरीद गरेका थिए

LC (KTM) July 18, 2021 0

बलिउड अभिनेता सुशांत सिंह राजपुतको निधनले सिंगो भारत लाई ठुलो क्षती पुग्यो । ३४ बर्षिय यी राजपुतले आफ्नै दममा बलिउडमा दह्रो स्थान बनाएका थिए । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत एक उज्जवल युवा अभिनेता भनेका थिए ।

मोदीले सामाजिक सञ्जालमा उनको बारेमा पोष्ट समेत गरेका थिए । २०१३ मा काई पो चे बाट आफ्नो फिल्मी करियर सुरु गरेका सुशांतको कुल सम्पत्तिको बारेमा जानकारी यस्तो छ । भारतीय खबरका अनुसार सुशांत संग कुल सम्पत्ति लगभग ५९ करोड रहेको थियो ।

त्यसको अलवा उनी संग बीएमडब्ल्युको १३०० आर मोटरसाइकल , लैण्ड रोवर रेन्ज रोवर एसयुबी जस्ता लग्जरीयस सवारी साधनहरु रहेका थिए । यसका साथै उनले आफ्नो प्रत्येक फिल्मको लागि ५–७ करोड रुपैया लिने गरेका थिए । तपाईले यो जानकारी पाएपछि एकछिन हैरान नै हुनुहुनेछ । अन्तरिक्ष समाचारमा बढि चासो र शोक राख्ने सुशांतले चन्द्रमामा समेत जमीन खरीद गरेका थिए ।

सुशांत सामाजिक सञ्जालमा समेत एकदम सक्रिय रहने गरेका थिए । उनी सधै जसो आफ्ना फ्यानहरु लाई खगोल बिज्ञान तथा अन्तरिक्ष संग सम्बन्धित जानकारीहरु दिईरहन्थे । उनले चन्द्रमामा सबैभन्दा टाढाको सम्पत्ति खरीद गरेका थिए । रिर्पाेटका अनुसार उनले उक्त जमिन इन्टरनेश्नल लुनर ल्याण्ड्स रजिस्ट्री बाट किनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर