बिबाह नगर्ने घोषणा गरेका तुषार कपुरको छोरा रहेको खुलासा , आखिर उनले किन झुक्याए ? यस्तो रहेछ कारण — OSNepal

बिबाह नगर्ने घोषणा गरेका तुषार कपुरको छोरा रहेको खुलासा , आखिर उनले किन झुक्याए ? यस्तो रहेछ कारण

LC (KTM) July 18, 2021 0

बलिउडमा बेग्लै छबि बनाएका नायक तुषार कपुरले आफ्नो बिबाहको बारेमा पहिलो पटक धारणा सार्वजनिक गरेका छन् । उनले अब कहिले पनि बिबाह नगर्ने बताएका छन् । उनले आफुले बिबाह गर्ने सोचेको भए एकल पिता बन्ने निर्णय नै नगर्ने बताए ।

सन् २०१६ मा सरोगेसीको माध्यमबाट उनले आफु बाबु बन्ने निर्णय गरेका थिए । उनको साथमा अहिले एक छोरा रहेका छन् । उनको नाम लक्ष्य रहेको छ । तुषारले भारतीय संचारमाध्यम संगको कुराकानीका क्रममा बिहे गर्ने कुनै योजना नै नरहेको बताएका हुन् । उनी यसैमा खुशी छन् ।

उनले भने–मलाई लाग्छ कि मैले सही कदम उठाएको छु । म अरु कुनै पनि विकल्प रोज्न सक्दिनँ ।’ तुषारले भविष्यमा पनि आफूलाई अरु कोहीसँग पनि आफूलाई शेयर नगर्ने घोषणा गरेका छन् । नायक तुषार कपुर बलिउडका सफल कलाकार जितेन्द्रका छोरा हुन् । उनले सन् २००१ मा नायिका करिना कपुरको साथमा चलचित्र ‘मुझे कुछ कहना हे’बाट आफ्नो बलिउड यात्रा सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर