गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम — OSNepal

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

LC (KTM) May 08, 2021 0

भारतमा कोरोनाको महामारी तिब्र रुपमा फैलिरहदा सबैको आशाको दियो बनेका बलिउड अभिनेता सोनू सुदले एक भारतीय संचारमाध्यम संगको कुराकानीको क्रममा अचम्म लाग्दो कुरा बताएका छन् ।

उक्त संचारमाध्यमले यति धेरै मद्धत कसरी गर्नुहुन्छ भनेर सोध्दा उनले आफ्नो १० जनाको टिम रहेको र त्यसै संग जोडिएका अन्य ब्यक्तिहरुको सहयोगले यो संभव भएको बताएका छन् ।

उनले आफुलाई दैनिक ५० हजार कल आउने गरेको बताएका छन् । त्यस्तै उनी २४ घण्टामा २२ घण्टा सम्म काममै ब्यस्त हुने गरेको खुलासा गरेका छन् ।

उनलाई दैनिक जति रिक्वेष्ट आउँछ त्यो हेर्न मात्र आफुलाई ११ बर्ष भन्दा बढी लाग्ने उनले बताएका छन् । तर पनि आफ्नो टिम लगायत टिम संग जोडिएका अन्य सहयोगी मनहरु मार्फत सबैमा पुग्ने कोशिस गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर