आमिर खानकी छोरी इरा खान प्रेममा, आफैले गरिन् खुलासा — OSNepal

आमिर खानकी छोरी इरा खान प्रेममा, आफैले गरिन् खुलासा

LC (KTM) July 19, 2021 0

एजेन्सी-आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकारेकी छिन् ।इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी हुन् । सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन ।

इन्स्टाग्राम स्टोरीमा एक प्रशंसकले इरालाई उनको सम्बन्धबारे प्रश्न गरेपछि जवाफमा मिशाललाई अंगालो हालिरहेको तस्बिर पोष्ट गर्दै उनले यस्तो जवाफ दिएकी हुन् ।

स्मरण रहोस्, इन्स्टाग्रममा इरा मिशालसँगको तस्बिर सेयर गरिरहन्छिन् । यसअघि इराले भ्यालेन्टाइन डेमा मिशालको एउटा भिडियो पोष्ट गरेकी थिइन् जसमा मिशाल पियानोको अगाडि बसेर गीत गाइरहेको देख्न सकिन्छ । मिशाल पनि इरासँगको फोटो सेयर गरिरहन्छन् ।इरा, आमिर खान र रिना दत्तकी छोरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर