३२ करोड लगानीमा नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु, विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने — OSNepal

३२ करोड लगानीमा नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु, विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने

LC (KTM) July 19, 2021 0

काठमाण्डौ – नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले नेपािलमै पहिलो पटक औषधी उत्पादन सुरु गरेको हो ।यस अघि नेपामा क्यान्सर विरुद्धको औषधी भारत र तेस्रो देशबाट आउने गर्दथ्यो ।

कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले बताए ।

काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी झण्डै ३२ करोड लगानीमा औषधि उत्पादन सुरु गरिएको बताइएको छ । तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको वैद्यले बताए । नेपालमा उत्पादन भएको औषधी को मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर