हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम — OSNepal

हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम

LC (KTM) July 19, 2021 0

वाग्मती, ४ साउन- वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क) निर्माणले तीव्ररूप लिएको छ । गत आर्थिक वर्ष ०७७÷०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

हेटौँडा–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको हो । कूल रु ३५ करोड लागतमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी रसुवा आशिष जेभी निर्माण सेवालाई जिम्मा दिइएको उपमहानगरप्रमुख महतले बताउनुभयो । सुन्दर बसपार्कसहितको व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको छ । तीन तल्ला संरचनामा निर्माण सम्पन्न हुने कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो । बहुवर्षीय योजनाअनुसार बसपार्क निर्माणको काम भएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा थप उपचार सेवा-वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (साविकको अञ्चल आयुर्वेद औषधालय) ले न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको छ । यसअघि सबै सेवा निःशुल्क प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रले सेवा विस्तारसँगै न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको हो । यद्यपि औषधि भने निःशुल्क उपलब्ध गराइने छ । स्वास्थ्यकेन्द प्रमुख डा सृष्टि श्रेष्ठका अनुसार हाल प्रदान गर्दै आइरहेको सेवाअन्तर्गत ओपिडी सेवा, फिजियोथेरापी, पूर्वकर्म, पञ्चकर्म, योग क्षारसूत्र, प्रयोगशाला परीक्षणलगायतका सेवालाई सःशुल्क बनाइएको हो ।

बिरामीले स्वास्थ्य केन्द्रमा ओपिडी सेवा लिएबापत रु २० तथा फिजियोथेरापीको सेवा लिएबापत रु १०० शुल्क तिर्नुपर्ने जनाइएको छ । अन्य सेवाको पनि न्यूनतम शुल्क तोकिएको छ । स्वास्थ्य केन्द्रबाट हाल २३ किसिमका औषधि निःशुल्क वितरण गरिँदै आइरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर