शरीरको हाड र दाँतलाई बलियो बनाउनदेखि क्यान्सरबाट बचाउँछ मद्धत गर्छ पनिरले, यस्ता छन् अन्य आश्चर्यजनक फाइदा — OSNepal

शरीरको हाड र दाँतलाई बलियो बनाउनदेखि क्यान्सरबाट बचाउँछ मद्धत गर्छ पनिरले, यस्ता छन् अन्य आश्चर्यजनक फाइदा

LC (KTM) July 19, 2021 0

काठमाडौँ-पनिरमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसका साथै यसबाट क्याल्सियम र भिटामिन डी पनि पाइन्छ, जसले ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।यसमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले शरीरको हाड र दाँतलाई बलियो बनाउँछ ।
एक सय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ । त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी खाद्यपदार्थ हो ।गर्भवती महिलाका लागि पनि यो निकै उपयोगी हुन्छ । किनकि, गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुन्छ ।

पनिरले तौल घटाउनका लागि पनि मद्दत गर्छ ।पनिरमा म्याग्नेसियम हुन्छ, जसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।यसले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर