चोरीको मोटसाइकल सहित २१ वर्षीय युवक पक्राउ — OSNepal

चोरीको मोटसाइकल सहित २१ वर्षीय युवक पक्राउ

LC (KTM) July 19, 2021 0

कपिलवस्तु ४ साउन । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुका यशोधरा गाउँपालिका ५ लोहरौली बस्ने २१ वर्षीय तौफिक पठान रहेका छन् ।

निजलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जांच गर्नेक्रममा तौफिकलाई कागजपत्र नभएको मोटरसाइकल सहित फेला पारेको हो । उक्त बरामत गरिएको बा.७२ प ६३११ नम्बरको पल्सर मोटसाइकल नगरपालिका १ नयाँटोल बस्ने मोहम्मद वाजीह अरसदको रहेको खुल्न आएको छ ।

निजमाथि चोरी मुद्धामा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर