चर्चित फुटबलरहरुकै रोल मोडल मेस्सी , रामोसले भने- मेस्सी बिश्वकै उत्कृष्ट खेलाडी हुन् — OSNepal

चर्चित फुटबलरहरुकै रोल मोडल मेस्सी , रामोसले भने- मेस्सी बिश्वकै उत्कृष्ट खेलाडी हुन्

LC (KTM) July 19, 2021 0

फ्यानहरुका लागि मात्र हैनन् स्यंम खेलाडीका लागि समेत रोल मोडल बनेका छन् चर्चित फुटबलर लियोनल मेस्सी । उनी धेरैको मनमा बस्न सफल भएका छन् । उनलाई स्टार खेलाडीहरुले नै रोलमोडल मानिरहेको कुरा बाहिर आउँदा मेस्सीलाई भन्दा मेस्सीका फ्यानहरुलाई एकदमै खुशीको कुरा हो ।

चर्चित स्पेनिस रक्षक सर्जियो रामोसले बार्सिलोना स्टार लियोनल मेस्सीको प्रशंसा मात्र गरेका छैनन् उनले आफ्नो रोल मोडल नै मेस्सी हुन् समेत भनेका छन् । रियल मड्रिडका पूर्व डिफेन्डर रामोसले मेस्सीले आफ्नो टिममा सबै भूमिका खेल्ने बताए । उनले भने, ‘मेस्सी सधै मेरो टिमका ‘रोलमोडल’ हुन् ।’

रामोसले लामो समय स्पेनिस क्लब रियल मड्रिडमा आफ्नो खेल कौशल देखाए । उनी अहिले लिग वानको सफल क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा दुई वर्षका लागि अनुबन्ध भएका छन् । फ्रान्समा नयाँ चुनौती लिएका रामोसले मेस्सीको तारिफ गरेका हुन् । ३५ वर्षिया डिफेन्डरले पाँच पटकको वालेन डी ओर विजेता मेस्सीको आफु सधै प्रशंसक रहेको बताए ।

उनले आफु सधै उत्कृष्ट खेलाडी संग खेल्न चाहेको पनि प्रतिक्रिया दिएका छन् । उनले मेस्सी बिश्वकै उत्कृष्ट खेलाडी रहेको बताए । उनले सधै मेस्सीलाई प्रेरणाको स्रोत मान्ने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर