अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू हुने — OSNepal

अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू हुने

LC (KTM) July 20, 2021 0

युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू हुने भएको छ ।

गायकहरुमा हिम कुंवर, सन्दिप अर्याल, सिताराम अधिकारी, कुष्माखर भट्टराइ, श्याम पराजुली, कृष्ण पराजुली युवराज ढुंगाना, बिष्णु डुम्रे रहेका छन् भने गायिकाहरुमा रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बविता पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा, सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल, सरिता मरासिनी रहेका छन् ।

त्यसै गरि बाध्यबादनमा मादलः गणेश खड्का, हार्माेनियमः सनातन रेग्मी, गिटारः कृष्ण राना, तबेलाः उद्धव राज उप्रेती रहने छन् भने कार्यक्रम पवन गौतमले खिच्नेछन् । सम्राट क्रियशन च्यानलबाट प्रसारण हुने ‘लेक्सिनटन दोहोरी’ कार्यक्रमको सञ्चालन निर्देशक सुमन दाहालले गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर