सलमानले किस सिन दिएको भिडियो भाइरल — OSNepal

सलमानले किस सिन दिएको भिडियो भाइरल

LC (KTM) May 15, 2021 0

बलिउडका सुपर स्टार सलमान खानको फिल्म “राधेः योर मोस्ट वान्टेड भाई’’ रिलिज भयो । सबैले उत्साहजनका रुपमा डिजिटल माध्यमबाट फिल्म हेरे पनि । रिलीज भएको केही मिनेटमै सामाजिक सञ्जालमा फिल्म नै लिक समेत भयो ।

जे होस् फिल्मले दर्शकलाई निराश पारेन । तर यहि फिल्मको शुटिङका कतिपय किस्सा भने रमाईलो र आश्चर्यजन लाग्ने खालका छन् । यो फिल्मको सबैभन्दा रोचक र घतलाग्दो दृश्य छ त्यो हे सलमान खानले दिशालाई चुम्बन गरेको दृश्य । यो सबैको चर्चाको विषय बनेको छ ।

सलमान खान त्यस्ता बलिउडका कलाकार हुन् उनले जहा पाए त्यहि किस र बेड सिन दिने गरेका छैनन् । तर फिल्म राधेमा कथाले किस सिन मागे पछि सलमानले किस सिन त दिए तर फरक ढंगले दिए । सलमानले यो सिन गर्नैपर्ने भएपछि उनले दिशाको ओठमा टेप लगाएर आफ्नो किस सिन दिएका थिए ।

दिशा पाटनीले भने यस्लाई आश्चर्यको रुपमा लिइन् । एक भारतीय सञ्चार माध्यम संगको कुराकानीमा उनले सलमानसँगको अनुभव आश्चर्य लाग्दो भएको प्रतिक्रिया दिएकी छिन् । उनले जुम डिजिटललाई अन्तरवार्ता दिँदै अभिनेता तथा अभिनेत्रीले निर्देशकको सोचलाई पछ्याउनुपर्ने बताएकी छन् ।

दिशाले थुप्रै वटा फिल्ममा किस सिन दिएकी छिन् । तर उनलाई सलमान संगको यो किस सिन सबैभन्दा आश्चर्य जनक र रमाईलो लागेको बताएकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर