नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीताको ब्याटिङ बरियतामा सुधार — OSNepal

नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीताको ब्याटिङ बरियतामा सुधार

LC (KTM) July 20, 2021 0

काठमाडौँ, ५ साउन – नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उहाँ ९०औँ स्थानमा रहनुभएको छ । यसअघि मगर ९२औँ बरियतामा स्थानमा रहनुभएको थियो । आइसीसीको बरियतामा पर्ने उहाँ एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुनुहुन्छ ।

महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहनुभएको छ । नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा भने यथास्थानमा रहेको छ ।

आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको स्थान १४ रहेको छ । नेपाल एकदिवसीय महिला क्रिकेटको बरियतामा भने हालसम्म पर्न सकेको छैन । टी २० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला बरियतामा नेपालबाट कुनै खेलाडी पर्न सक्नुभएको छैन । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर