श्रमिक लैजान कोरिया सकारात्मक, मन्त्रालयको निर्णय कुर्दै विभाग — OSNepal

श्रमिक लैजान कोरिया सकारात्मक, मन्त्रालयको निर्णय कुर्दै विभाग

LC (KTM) July 21, 2021 0

काठमाडौँ । वैदेशिक रोजगारीको आकर्षण रोजगारीको गन्तव्य मानिएको दक्षिण कोरियामा कोरोना महामारीका कारण नेपाली श्रमिक जान पाएका छैनन् ।

यसै बीच दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत श्रमिक लैजाने विषयमा सकारात्मक भएको छ ।

कोरियाले नेपाली श्रमिकलाई शर्त सहित लैजान इच्छुक भएको वैदेशिक रोजगार विभागले बताएको छ । रोकिएका श्रमिकले निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजाने विषयमा एचआरडी सकारात्मक वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो ।

एचआरडीको पहिलो सर्त डाइरेक्ट उडान हुनुपर्ने , श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ विभागले बताएको छ । यसै गरि कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य श्रमिक आफनै खर्चमा बस्नुपर्ने पनि सर्त एचआरडी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर