• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्कले लगाए कोरोना बिरूद्धको खोप

बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्कले लगाए कोरोना बिरूद्धको खोप


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • २:४६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 3.5K
    SHARES

    बेइजिङ – चीनको राजधानी बेइजिङमा १८ बर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ बिरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् । प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो सङ्ख्या बेइजिङको बयस्क नागरिकको जनसङ्ख्याको ९०.६ प्रतिशत हो ।

    नगरपालिका प्रशासनले भनेको छ, “चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो सङ्ख्या वयस्क सङ्ख्याको ९५.६ हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ । बेइजिङमा मङ्गलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह (नाबालिग) लाई कोभिड–१९ बिरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ । (रासस÷सिन्ह्वा)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com