कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन माओवादी केन्द्रले थप मन्त्रीको टुंगो लगाउँदै — OSNepal

कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन माओवादी केन्द्रले थप मन्त्रीको टुंगो लगाउँदै

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटिको बैठक बोलाएको छ । सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन आज दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यलयमा बैठक बस्ने भएको हो ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट दुई जना मन्त्री यस अघि नै नियुक्त भइसकेका छन् । विपक्षी गठबन्धनको तर्फबाट साझा रुपमा सरकार चलाउन तयारी गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल समुहलाई समेत सरकारमा आउन आग्रह गरिरहेका छन् ।

यसअघि, बनेको देउवासहितको पाँच सदस्यीय मन्त्रिमण्डलमा जनार्दन शर्मालाई अर्थ मन्त्रालय र पम्फा भुषाललाई उर्जा मन्त्रालयको जिम्मेवारी कांग्रेस सरकारले दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर