पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भइरहेको छ — OSNepal

पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भइरहेको छ

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम धर्मावलम्वीहरुको ठुलो चाड बकर इद अवसरमा देश विदेशमा रहेका सम्पुर्ण मुस्लिम दाजुभाई तथा दिदि बहिनिलाई शुभकामना दिएका छन् ।

अध्यक्ष प्रचण्डले आज एक शुभकामना सन्देश जारी गर्दै बकर इदको अवसरमा शुभकामना दिँदै जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आह्वान समेत गरेका छन् । प्रचण्डले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको शुभकामना सन्देशका उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ , “समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु,
जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आह्वान गर्दछु ।”

समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भइरहेको समेत बताएका छन् ।

उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह अध्यक्ष प्रचण्डले शुभकामना सन्देश मार्फत आग्रह गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर