आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति विपीको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुन्छ — OSNepal

आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति विपीको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुन्छ

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले आज ३९ औँ वि पी कोइरालाको स्मृती दिवसका अवसरमा बिपीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् ।

सिंहले नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि विपीले गरेको योगदान सधैं स्मरणीय रहेको बताएका छन् । उनले भनेका छन् , बिपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात गर्न सक्नुपर्छ । त्यसो गर्दा मात्र बिपीप्रति सच्चा सम्मान हुनेछ ।

साथै आज मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इदका अवसरमा सबै मुस्लिम समुदायलाई समेत नेता सिंहले शुभकामना व्यक्त गरेका छन् ।

सिंहले लेखेका छन् , नेपाली राजनीतिका अद्वितीय प्रतिभा वि पी कोइरालाको आज स्मृति दिवस । नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उहाँले गरेको योगदान सधैं स्मरणीय छ । आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुन जान्छ । स्मृती दिवसका अवसरमा बिपीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

बिपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात गर्न सक्नुपर्छ । त्यसो गर्दा मात्र बिपीप्रति सच्चा सम्मान हुनेछ ।
साथै मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इदका अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर