चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित, आज राति खोप लिन निगमको जहाज चीन जाँदै — OSNepal

चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित, आज राति खोप लिन निगमको जहाज चीन जाँदै

LC (KTM) July 21, 2021 0

काठमाण्डौ – चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने बताइएको छ र यस अघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

यसैबीच, कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । निगमका अनुसार आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने छ ।

केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले वितरण भइरहेको छ । चीनसँग खरिद गरिएका खोप लिन आज राति ११ बजे गएर भोली दिउँसो २ बजे जहाज नेपाल आउने छ । सरकारले चीनबाट खोप ल्याएपछि नियमित रूपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर