आफ्नो माग सम्बोधन गर्न भन्दै ठाकुर पुगे प्रधानमन्त्री निवास बालुवाटार — OSNepal

आफ्नो माग सम्बोधन गर्न भन्दै ठाकुर पुगे प्रधानमन्त्री निवास बालुवाटार

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।

ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न आज बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । आफ्नो माग सम्बोधन गर्ने शर्तमा अन्तिम समयमा आएर देउवालाई विश्वासको मत दिएका थिए । आफ्नो माग पुरा गराउन हिजो बसेको ठाकुर पक्षको कार्यकारीणी समितिको बैठकले सरकारको ध्यानाकषर्ण गराएको थियो ।

देउवासँग आज भएको भेटवार्ता पनि माग विषयलाई लिएर छलफल भएको जनाइएको छ । सरकारमा जान तयारी भएको ठाकुर पक्षले आफ्नो माग सम्बोधन गर्ने शर्तमा देउवा सरकारलाई साथ दिएकोह हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर