माधव नेपाल बिनाको एमाले हुने भए १० बुँदे सहमति हुने थिएन,लडाई पछि नै एकता हुन्छ : विष्णु रिजाल — OSNepal

माधव नेपाल बिनाको एमाले हुने भए १० बुँदे सहमति हुने थिएन,लडाई पछि नै एकता हुन्छ : विष्णु रिजाल

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । नेकपा (एमाले) का नेता विष्णु रिजालले वरिष्ठ नेता माधव नेपाल देशको सम्मानित राजनेता भएको बताएका छन् । अध्यक्ष केपी ओलीले नेपाललाई गद्धार भनेको प्रति आपत्ती जनाउँदै नेता रिजालले नेता नेपाल गद्धार नभई देशको सम्मानित राजनेता भएको बताएका हुन् ।

हिजो राति एक कार्यक्रम मार्फत नेता रिजालले ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउँदै यस्तो टिप्पणी गरेका हुन् । ‘माधव नेपाल लाल गद्दार होईन, उहाँ विल्कुल लाल गद्दार होईन । उहाँ नेकपा एमालेको पूर्व पार्टी प्रमुख नेता हो, माधव नेपाल यो देशको सम्मानित राजनेता हो ।’ कार्यक्रममा रिजालले भने ।

पार्टी एकताको सम्भावना अहिले पनि रहेकोले नेपाल बिनाको एमाले बनाउने कल्पना कसैले पनि नगरेको बताएका छन् । पार्टीलाई एकता बनाउन आफुहरु लागि परेको बताउँदै नेता रिजालले एकताको लागि तयार पारिएको कार्यदललाई समर्थन गरेमा मात्र एकता हुने दावी गरेका छन् ।

‘नेपाल बिनाको एमाले हुने भए १० बुँदे सहमति हुने थिएन । एकताको ढोका बन्द भएको छैन , लडाई पछि नै एकता हुन्छ , ओली र नेपाल बिच तिक्तता भएपनि सहकार्य नै रहेको छ’ । कार्यक्रममा रिजालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर