थापाले गराए देउवा सरकारको ध्यानाकषर्ण, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो — OSNepal

थापाले गराए देउवा सरकारको ध्यानाकषर्ण, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी भएक ध्यानाकर्षण गराएका छन् ।

दिल्लीमा उपचाररत नेकपा एमालेका नेता झलनाथ खनालको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने निणर्य गलत भएको भन्दै अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरा आफ्नो सरकार सचेत भएको विश्वास अपाmुलाई भएको बताएका छन् ।

उस भन्दा अघि पनि थापाले केपी ओली सरकारले गरेको यो निणर्यको पनि आलोचना गरेका थिए । साथै अहिले आफ्नै सरकारको नेतृत्व हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेता खनालको सम्पुर्ण उपचार खर्च सरकारले व्यर्होछ ढुक्क भएर उपचार गर्नुहोस् भनेको भनाई प्रति ध्यानाकर्षण गराएका थापाले भनेका छन् , ‘तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ’।

उनले भनेका छन्–‘सम्माननीय @ PM Nepal ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर