भट्टराईको ट्वीटपछि भाजपा प्रवक्ता चौथाइवालेले इदमा हिन्दुको अपमान गरेको भन्दै दिए कडा जवाफ — OSNepal

भट्टराईको ट्वीटपछि भाजपा प्रवक्ता चौथाइवालेले इदमा हिन्दुको अपमान गरेको भन्दै दिए कडा जवाफ

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले गरेको ट्वीट प्रति भारतीय जनता पार्टीका प्रवक्ता डा। विजय चौथाइवालेले आपत्ती जनाएका छन् ।

चौथाइवालेले नेता भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दुध चढाएको तस्बिर राखेर ‘आस्था डरलाग्दो चीज हो । यसले तिमीलाई दुध फाल्ने र मुत्र पिउने बनाउँछ’ भनी लेखेको टुवीट प्रति आपत्ती जनाएका हुन् ।

यहि विषयलाई लिएर चौथाइवालेले हिन्दु आस्था र परम्पराको अपमान गरेको भन्दै ट्वीटर मार्फत भट्टराईले इदको अवसर पारेर हिन्दु आस्था र परम्पराको अपमान गरेको टिप्पणी गरेका छन् ।

चौथाइवालेले लेखेका छन्ः ‘प्रिय श्री बाबुरामजी तपाईं र तपाईंका सहपाठीहरुले इदका अवसरमा हिन्दु आस्था र परम्पराको अपमान गर्नु स्वाभाविक हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर