तिन बुँदे सहमतिमा हस्ताक्षर गरी खुल्ला राजनीतिमा आएको विप्लव, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै — OSNepal

तिन बुँदे सहमतिमा हस्ताक्षर गरी खुल्ला राजनीतिमा आएको विप्लव, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता हुने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार हुँदा तिन बुँदे सहमतिमा हस्ताक्षर गरी खुल्ला राजनीतिमा आएको विप्लवले पछिल्लो केहि दिन यता विभिन्न दलका शिर्षनेताहरका भेटघाटलाई तीव्रता दिँदै आएको छ ।

आफ्नो तिन बुँदे माग कार्यान्वयन गराउन आज अपरान्ह्र चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको हो । यस भन्दा अघि विप्लवले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू, साथै पुर्व माओवादीका एमाले प्रवेश गरेका नेताहरुसँग पनि भेटवार्ता गरिसकेका छन् ।

देउवा र विप्लवसँगै आजको भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँडको पनि सहभागिता रहेने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर