सुदूरपश्चिमको अभिभावक,सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहनु पर्छ भन्दै रावललाई राजीनामा फिर्ता लिन आग्रह — OSNepal

सुदूरपश्चिमको अभिभावक,सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहनु पर्छ भन्दै रावललाई राजीनामा फिर्ता लिन आग्रह

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेकपा एमालेका नेता भीम राववले सांसदपदबाट राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् ।

आज राजीनामा फिर्ता लिन रावलकै निवास पुगेका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले सुदूरपश्चिमको अभिभावक, सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहनु पर्छ भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् । समग्र सुदूरपश्चिमकै लागि पनि राजीनामा फिर्ता लिनुपर्छ भन्ने मन्त्री शाहको तर्क रहेको छ ।

तथापी, राववले भने, आफुले अकारण राजीनामा नदिएको भन्दै ‘पार्टीलाई एक बनाउन काम गरेको हो, कार्यदलमा संयोजकको इमान्दारितापूर्वक भूमिका निर्वाह गरेकै हो र तर पनि अनैतिक राजनीतिमा लाग्नुभन्दा अलग हुन्छु भनेर राजीनामा दिएको बताएका छन् ।

‘सबै साथीहरूको दबाब आएको छ, पुनर्विचार गर्ने कि नगर्ने निर्णयमा पुग्न सकेको छैन । हेरौं के हुन्छ ’ भेटमा रावलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर