तीन बुँदे सहमतिमा हस्ताक्षर गरी शान्तिप्रक्रियामा आएको विप्लव र देउवाबिच भेटवार्ता — OSNepal

तीन बुँदे सहमतिमा हस्ताक्षर गरी शान्तिप्रक्रियामा आएको विप्लव र देउवाबिच भेटवार्ता

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टीक ९नेकपा० महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा भुमिगत राजनीतिमाबाट खुल्ला राजनीतिमा आएको विप्लव आफ्नो माग पुरा नहुँदै ओली सरकार ढलेपछि आफ्नो माग कार्यान्वयन गराउन आज देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

देउवा र विप्लष् सहित गृहमन्त्री बालकृष्ण खाँड समेत भेटवार्तामा सहभागी भएका छन् । विप्लवको तर्फबाट नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलाको सहभागिता रहेको जनाइएको छ ।

तीन बुँदे सहमतिमा हस्ताक्षर गरी शान्तिप्रक्रियामा आएको विप्लवले आफ्नो माग सम्बोधन गर्न सरकारको ध्यानाकषर्ण गराइरहेको छ ।

यसभन्दा अघि पनि शीर्ष नेताहरुसँग भेटवार्ता गरी छलफल गरिसकेको विप्लवले आज प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर