डा. केसीले सिधै भने- मेरो कारणले होइन प्रधानन्यायाधीशकै कारण सर्वोच्च को अवहेलना भएको हो ।



सन्दिप योगी। प्राध्यापक, डाक्टर तथा सामाजिक अभियन्ता गोविन्द केसीविरुद्धको मुद्दामा अहिले सर्वोच्च अदालतमा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलाशमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

सुनुवाइको क्रममा डा. केसीले आफ्नो पक्षबाट भनाइ राखेका छन् । डा. केसीले निडरताका साथ सिधै भनेका छन- मेरो कारणले होइन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीकै कारण सर्वोच्च अदालतको अवहेलना भएको हो । उनले बयानका क्रममा बताएका कुरालाई नै सुनुवाइको क्रममा पनि दोहो¥याएका हुन् ।

उनले भनेका छन -‘म एक सार्वभौम मुलुकको नागरिक हुँ । मलाई व्यक्तिगत अभिव्यक्तिको स्वतन्त्रता छ । मैले प्रधानन्यायाधीश भ्रष्ट र माफिया हुन् भनेको हुँ । किनकि उनले अदालतकै अवहेलना हुने काम गरेका छन्,’।
मुद्दाका पक्षधर नेत्रबन्धु अर्यालको तर्फबाट

पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलगायतले बहस गरेका छन् । अब डा. केसीको तर्फबाट अधिवक्ताहरुले बहस गर्ने भएका छन् । डा. केसीको पक्षमा बहस गर्ने अधिवक्तामा ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, कृष्णप्रसाद भण्डारीलगायत करिब सयको हाराहारीमा रहेका छन् ।

Comment