सांसद पदबाट राजीनामा दिएपछि बैठकमा सहभागी नभएका रावललाई फकाउन नेपाल रावलको निवास टोखामा — OSNepal

सांसद पदबाट राजीनामा दिएपछि बैठकमा सहभागी नभएका रावललाई फकाउन नेपाल रावलको निवास टोखामा

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव र नेपाल नेता भीम रावललाई भेट्न आज रावलको निजी निवास टोखा पुगेका छन् ।

सांसद पदबाट राजीनामा दिएका रावललाई सुदुपश्चिम प्रदेशबाट राजीनामा फिर्ता गर्न आग्रह गर्दै गर्दा नेपाल पनि रावललाई भेट्न पुगेका हुन् । पार्टी एकताको लागि गठित कार्यदलको संयोजकको रुपमा निरन्तर लागि परेका रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका थिए ।

राजीनाम ादिएपछि नेपा पक्षको कुनै पनि बैठकमा सहभागी नभएका रावल पार्टी एकताको लाति प्रयासरत थिए । आजको बैठकमा नेपाललाई रावलसँग भेट गर्न अन्य नेताहरुले सल्लाह दिएपछि नेपाल रावललाई फकाउन उनको निवास पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर