• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

नयाँ गठबन्धन सरकारले सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्न कमल थापाको आग्रह

नयाँ गठबन्धन सरकारले सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्न कमल थापाको आग्रह


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • २:३५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 2.2K
    SHARES

    मकवानपुर, ६ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नयाँ गठबन्धन सरकारले देशमा राजनीतिक स्थायित्व ल्याउन, जनतालाई शान्तिसुरक्षा प्रदान गर्ने र सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

    उहाँले राप्रपाद्वारा आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुलुकमा शान्ति, स्थिरता र समृद्धिका लागि जनताको आशाविपरीत अहिलेको धर्मको व्यापक परिवर्तनका साथै बाह्य चलखेलको प्रभावले गर्दा राष्ट्र गम्भीर सङ्कटमा पर्न लागेको बताउनुभयो ।

    उहाँले मुलुकलाई स्थिर राजनीतिक प्रजातान्त्रिक संस्कारबाट अघि बढाउन राप्रपा पनि एक वैकल्पिक शक्तिका रुपमा महाधिवेशन मार्गचित्रबाट अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । सो अवसरमा राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव सागर थापाले पार्टीको आगामी महाधिवेशनबाट सक्षम नेतृत्व निर्वाचित गर्न र पार्टीलाई एक ढिक्का बनाई लैजान नेता तथा कार्यकर्ता गुटबाट अलग भई पार्टीप्रति निष्ठावान् हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com