बकराईदका दिन रमाइलो गर्ने भन्दै पौडी खेल्न गएका तीन युवाको डुबेर मृत्यु — OSNepal

बकराईदका दिन रमाइलो गर्ने भन्दै पौडी खेल्न गएका तीन युवाको डुबेर मृत्यु

LC (KTM) July 22, 2021 0

नेपालगञ्ज । खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् ।उनीहरु डुडुवा खोलाको बाँधमा पौडी खेल्न गएका थिए ।

उनिहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर जोगाउन सफल भएको कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए ।

मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्ने उदेश्यले युवाहरु पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा युवा डुबेको खबर पुग्ने वित्तिकै प्रहरी पुग्दा तीन जना मृत अवस्थामा फेला पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर