हल्दिवारीमा फेरि बड्न थाले कोरोना संक्रमीत : ४ महिनामा ४१७ जनालाई कोरोना पुष्टि — OSNepal

हल्दिवारीमा फेरि बड्न थाले कोरोना संक्रमीत : ४ महिनामा ४१७ जनालाई कोरोना पुष्टि

LC (KTM) July 22, 2021 0

जलथल- झापाको हल्दिवारी गाउँपालिकामा फेरि कोरोना संक्रमीत बड्न थालेपछि स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले चिन्ता व्यक्त गरेको छ्न ।उनका अनुसार साउन ३ गते देखि हिजो सम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउनलाई खुकुलो पारे संगै कोरोना संक्रमण फेरि बड्न थालेपछि सुरक्षित रहन र कोरोनाको लक्ष्यण देखिए तुरुन्त स्वास्थ्य कर्मिलाई सम्पर्क गरि कोरोना परिक्षण गर्न स्वास्थ्य शाखाले आह्वान समेत गरेको छ ।

हल्दिवारी गाउँपालिकाले हप्ताको २ दिन आइतबार बुधबार कोरोना परिक्षण गर्दै आएको छ ।कोरोना संक्रमण शुरुभए यता हल्दिवारीले ११ जना आफ्ना नागरिकलाई गुमाई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर