स्वर्गिय आमाको सम्झनामा मनकारी अभिनेता सोनुले लेखेको स्टाटसले धेरैलाई बनायो भावुक, भक्कानिए सोनु — OSNepal

स्वर्गिय आमाको सम्झनामा मनकारी अभिनेता सोनुले लेखेको स्टाटसले धेरैलाई बनायो भावुक, भक्कानिए सोनु

LC (KTM) July 22, 2021 0

बलिउडका रियल हिरोको रुपमा पछिल्लो समय चिनिएका अभिनेता सोनू सूद आफ्नो आमाको एकदमै नजिक थिए । सामाजिक सञ्जालमा बिशेष गरी आफ्नो आमाको यादमा फोटोहरु शेयर गरि रहन्छन् । २१ जुलाई सोनू सूदको आमाको जन्म दिन हो । अब उनको आमा यो दुनियाँ छैनन् । यसैक्रममा अभिनेता सूदले आफ्नी आमालाई याद गर्दै एक भावनात्मक पोष्ट शेयर गरेका छन् ।

सोनू सूदले आफ्नो आमाको ३ तस्बीर शेयर गरेका छन् । यसमा बिबाहको फोटो पनि रहेको छ । सोनूले यी तस्बीरहरु शेयर गर्दै लेखेका छन्– जन्म दिनको शुभकामना आमा, कास म तपाईलाई हरेक साल अंगालो मार्दै ब्यक्तिगत रुपमा जन्म दिनको बधाई दिन पाए तथा तपाईलाई धन्यबाद दिन पाए जुन पाठ तपाईले आज मलाई दिनुभयो ।

म तपाई संग बाचा गर्छु कि सधै आफ्नो बेस्ट दिनेछु साथै तपाईलाई गर्व महशुस गराउनेछु । यो म्यासेजले यो कुरा बताउन सक्दैन कि म तपाईलाई कति मिस गर्छु । तपाई गए पछि मेरो जिवनमा खालीपन आएको छ यो त्यतिबेला सम्म रहन्छ जब तपाई संग अर्काे पटक सम्म भेट हुदैन ।

तपाई जहाँ हुनुहुन्छ खुशी रहनु साथै मलाई सधै गाइड गरिरहनु । लभ यु आमा । सोनूको यो पोष्टमा फ्यानहरुले कमेन्ट गर्दै उनको आमालाई जन्म दिनको बधाई दिईरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर