अमिताभ बच्चनकी छोरी श्वेतालाई यस्तो दुख दिएका थिए करण जोहरले — OSNepal

अमिताभ बच्चनकी छोरी श्वेतालाई यस्तो दुख दिएका थिए करण जोहरले

LC (KTM) July 22, 2021 0

करण जोहर तथा अमिताभ बच्चनकी छोरी श्वेता बच्चन नन्दा सानै देखीका साथी हुन् । दुबै जनाको मस्ति करणको शो कफि विद करणमा देखीएको छ । हालै नेहा धुपियाको शो मा उनीहरुले एक अर्काको बारेमा नयाँ खुलासा गरेका छन् । यस शो मा करणले श्वेतालाई ओसीडी भएको बताएका थिए ।

त्यस्तै उनले शो मा एउटा रमाईलो किस्सा समेत सनाएका थिए । करण जोहरका अनुसार एक दिन श्वेताको प्लेट बाट उनले केही उठाएर खाएका थिए । यसपछि श्वेताले आफ्नो पुरै खाना नै छोडेर भोकै घर गएकी थिईन् । करणले भने– हामी एकदिन डिनरम गएका थियौ । मेरो एउटा हैरानी गर्ने आदत छ ।

जसले मलाई चिन्छ जान्दछ उसलाई थाहा छ कि म अर्काको प्लेट बाट खाना झिकेर खाने बानी छ । उनले यो आफ्नो एकदमै खराब बानी भएको बताउँदै उनले आफ्नो बुवाले समेत यस्तो गर्ने गरेको खुलासा गरेका छन् । उनले यो बानी आफुलाई राम्रो लाग्ने गरेको बताए । श्वेता ओसीडी को ब्राण्ड एम्बेसडर रहेको समेत उनले खुलासा गरेका छन् । तर श्वेता आफु यो कुरा मान्न तयार नभएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर