भारतीय धर्मगुरुले बालुवाटार पुगेर देउवाको बाँकी कार्यकालको गरे यस्तो भविष्यवाणी — OSNepal

भारतीय धर्मगुरुले बालुवाटार पुगेर देउवाको बाँकी कार्यकालको गरे यस्तो भविष्यवाणी

LC (KTM) July 22, 2021 0

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय हिन्दु धर्मगुरुले बुधबार भेट गरेका छन् । बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवा भेट्न पुग्दा देउवाले उनको स्वागत गर्दै आशीर्वाद लिएको बताइएको छ । जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज ९द्वारका० तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका थिए ।

धर्मगुरु सुर्याचार्यले देउवाको कार्यकाल सफल हुने योग देखिएको बताइएको छ । त्यस्तै दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने उवाको नक्षत्र राम्रो रहेकाले देशको प्रगति हुने पनि धर्मगुरुले बताएका थिए ।

धार्मिक कार्यमा विश्वास राख्ने देउवाले जगतगुरु धर्मगुरुसँग केहीबेर भलाकुसारी गरेको बताइएको छ । जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज ९द्वारका० भारतीय जनता पार्टीसँग निकट रहेको बताइएको छ । उनले पशुपतिमा विशेष पूजाआजा गरेर देउवालाई भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर