सुन्दरी अभिनेत्री काजल अग्रवाल किन बलिउडमा चम्किन सकिनन् ? के निर्माता निर्देशकले नपत्याएका हुन् ? — OSNepal

सुन्दरी अभिनेत्री काजल अग्रवाल किन बलिउडमा चम्किन सकिनन् ? के निर्माता निर्देशकले नपत्याएका हुन् ?

LC (KTM) July 22, 2021 0

सन् १९८५ जुन १९ मा जन्मिएकी साउथ अभिनेत्री काजल अग्रवालले बलिउडको धेरै राम्रा फिल्महरुमा समेत अभिनय गरिसकेकी छिन् । तर पनि जुन स्थानमा उनी पुग्नु पर्ने हो त्यहा सम्म पुग्न सकेकी छैनन् बलिउडको दुनियामा । सिंघममा अभिनय गरेकी काजललाई साउथ फिल्म उद्योगमा एकदमै शानदार सफलता मिलीरहेको छ ।

उनले तेलुगु, मलयालम फिल्म उद्योगमा पनि उत्तिकै सफलता पाएकी छिन् । तर उनले बलिउडमा भने खासै सफलता पाईनन् । मुम्बईमा पढे बढेकी काजल मोडलिङ बाट आफ्नो यात्रा सुरु गरेकी हुन् । उनी फिल्मको ब्याक डान्सर समेत भएर काम गरिन् । काजल आफ्नो एउटा फिल्म बराबर १ करोड भन्दा घटि पारश्रमिक लिने गर्दिनन् ।

काजल एकदमै सुख सुबिधायुक्त जिन्दगीमा बिश्वास गर्छिन् । उनी रेन्ज रोवर, बीएमडब्ल्यु तथा आर्डी जस्ता कारको मालिक्नी समेत हुन् । हैदराबाद, मुम्बई जस्ता शहरमा उनको एकदमै आलिसान घरहरु रहेका छन् । उनले गत बर्ष कोरोनाको महामारीकै बीच उद्योगपति तथा बिजनेश म्यान गौतम किचुल संग बैबाहिक जिवनमा बाँधिएकी थिईन् ।

काजलले सन् २००४ मा बलिउडमा फिल्म क्यु हो गया न मार्फत डेब्यु गरेकी थिईन् । त्यसपछि उनले मुम्बई साँगा, सिंघम जस्ता शानदार फिल्ममा अभिनय गरीसकेकी छिन् । त्यसका बाबजुद पनि उनलाई बलिउडमा भने सफलता मिलेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर