घरमा पत्नि हुँदा हुँदै प्रियंकासँग लुकिछिपी माया साट्थे अक्षय, ट्विकलले सारा गोप्य रहस्य देखेपछि बबाल — OSNepal

घरमा पत्नि हुँदा हुँदै प्रियंकासँग लुकिछिपी माया साट्थे अक्षय, ट्विकलले सारा गोप्य रहस्य देखेपछि बबाल

LC (KTM) July 22, 2021 0

बलिउडका एक्सन किंगको रुपमा चिनिएका अक्षय कुमार रियल लाईफ निक्कै खेलाडी रहेका थिए । उनले अनेकौ अभिनेत्री संग अफेयर चलाएका थिए । अभिनेत्री संग लभ पर्न खप्पिस अक्षयलाई भने हर दुर्घटना बाट पत्नी ट्विंकलले बचाएकी थिईन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडा तथा ट्विंकल खन्ना बीच एक समय यति ठुलो लडाई नै चलेको थियो कि जुन बलिउडका सबैलाई थाहा छ ।
बलिउडका खेलाडी अक्षयकुमार र प्रियंका चोपडाको जोडी सन् २००३ सालमा आएको फिल्म अन्दाज बाट सुरु भएको थियो । प्रियंका त्यतिबेला फिल्म उद्योगमा नयाँ नयाँ थिईन् ।

यस फिल्ममा लारा दत्ता पनि थिईन् । फिल्म सुपरहिट भएको थियो । त्यसपछि यी दुबै जोडीले ऐतराज र वक्त : रेस अनेन्स्ट टाइम साइन गरेका थिए । यसपछि प्रियंका र अक्षय बीच अफेयर चलिरहेको हल्ला फैलिएको थियो । अक्षयले यतिबेला ट्विंकल खन्ना संग बिबाह गरिसकेका थिए ।

यो अफेयरको खबरले उनी रिसाईनन् तर प्रियंका संग भने उनलाई ठुलो रिस उठेको थियो जतिबेला यी दुई वटा फिल्मको शुटिंग भईरहेको थियो । त्यतिबेला ट्विंकल खन्ना र प्रियंका चोपडाबीच फोनमा वार नै चलेको थियो । उनलाई फोन बाट रिस मरेन र तुरुन्त फिल्म शुटिंग भईरहेको सेटमै पुगिन् ट्विंकल खन्ना ।

उनी एकदमै रिसाएर सेटमा त पुगिन् तर त्यो बेला प्रियंका सेटमा थिईनन् । उनले त्यो बेला थप्पडै मार्नका लागि सेटमा पुगेकि थिईन् । त्यसपछि उनको रिस अक्षय कुमार माथि खनियो । दुबै जना बिच चर्का चर्कि भयो जहाँ पुरै फिल्मका क्रु मेम्बर पनि साथै थिए । उनले संझाएर ट्विंकललाई घर लिएर गए ।

त्यसपछि अक्षयले मिडियामा एक बयान जारी गरे जहाँ प्रियंका चोपडाको साथमा काम नगर्ने घोषणा गरेका थिए । तर उनले पछि एउटा शो मा प्रियंका संग आफुले फिल्म अझै पनि खेल्न चाहेको बताएका थिए । आफुहरु बीच त्यस्तो कुनै अफेयर भने नरहेको उनको जिकीर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर