आज पनि ह्वात्तै घट्यो सुनको मूल्य — OSNepal

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य

LC (KTM) July 22, 2021 0

काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबार तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय मा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको जनाइएको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य भने बढेको छ । आज बढेर तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर