तौल कम गर्ने देखि सर्दीबाट छुटकारा पाउन नियमित सेवन गर्नहोस् धनिया, यस्ता छन् अन्य फाइदा — OSNepal

तौल कम गर्ने देखि सर्दीबाट छुटकारा पाउन नियमित सेवन गर्नहोस् धनिया, यस्ता छन् अन्य फाइदा

LC (KTM) July 22, 2021 0

काटमाडौ(धनिया स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । धनिया सेवन गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ । यसले खाने कुराको स्वादमा फरक ल्याउने गर्दछ ।

खानेकुरामा स्वाद पनि फरक हुन्छ । र यसमा स्वास्थ्यलाई चाहिने तत्वहरु पनि उपलब्ध हुन्छ । धनियाको अचारले खानाको स्वादमा फरक ल्याउछ ।धनियाको अचार मन नपराउने सायद कमै मात्र होला । धनिया अचारमा मात्र नभइ तरकारीमा हाल्दा तरकारीको स्वाद नै बदलिन्छ । यो एक प्रकारको मसाला पनि हो त्यो हामी सबैलाई नै थाहा भएको कुरा हो ।

यसमा भिटामिन सी, सोडियम पाइन्छ । त्यसैले धनियको सेवन गर्दा पाचन प्रणालीमा फाइदा पुर्याउछ ।पाचन प्रणाली स्वस्थ रहेमा हामीमा पेट गडबड हुने समस्या आउदैन ।धनियाको गेडाको प्रयोग तौल कम गर्नको लागि प्रयोग गर्न सकिन्छ । यो सेवन गरेमा तौल कम हुन्छ । धनियाको पाउडरले सर्दीबाट छुटकारा पाउन सकिन्छ ।धनियामा पर्याप्त मात्रमा आइरन हुने हुँदा रगतमा होमोग्लोबिन बनाउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर