संसारकै सानो गाई हेर्नेहरुको लग्यो भिड,२१ सेन्टिमिटरको यो अचम्मको गाई देखेर सबै छक्क — OSNepal

संसारकै सानो गाई हेर्नेहरुको लग्यो भिड,२१ सेन्टिमिटरको यो अचम्मको गाई देखेर सबै छक्क

LC (KTM) July 23, 2021 0

काठमाडौँ । एउटा अनौठो पुड्के गाई सामाजिक संजालमा भाइरल बनेको छ । खबर हो बंगलादेशको । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ ।

२८ केजी तौल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ महिनाको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने तयार थालिएको छ । फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथानबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् ।

अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ । उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए । उक्त अनौठो गाईलाई हेर्नका लागि अहिलेसम्म १५ सय बढी मानिसहरु फार्ममा पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर